दमक/दमक ८ स्थित झापा मोडल अँग्रेजी मा विले दोश्रो पटक अन्तराष्ट्रिय स्कूल अवार्ड जित्न सफल भएको छ । व्रिटिस काउन्सिलद्वारा सञ्चालित कार्यक्रम अनुसार सो स्कूलले अन्तर्राष्ट्रिय स्कूल अवार्ड योसहित दोस्रो पटक जितेको हो । २०२१–२०२४ को लागि बिद्यालयले फूल अवार्ड प्राप्त गर्न सफल भएको बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए । औपचारिक शिक्षासंगै बिद्यार्थीहरुमा समुदायका अन्य विविध पक्षहरुमा अतिरिक्त कृयाकलापहरु सञ्चालन गरेर उत्कृष्टता हासिल गरेको आधारमा काउन्सिलले सो अवार्ड प्रदान गर्दै आएको छ । बिद्यालयले सो अवार्ड प्राप्त गरेको अवसरमा बिद्यालयका शिक्षक समूह , विद्यार्थी अभिभावकहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रोफेशनल पार्टनर्सहरू प्रति बिद्यालयले आभार तथा धन्यवाद ज्ञापन गरेको छ । क्ष्क्ब् ब्धबचम अभियानले चलाएको शैक्षिक गुणस्तरको यात्रामा सहभागी गराएकोमा बृटिस कान्सिलको पनि बिद्यालयले प्रशंसा गरेको छ ।

 

 

Facebook Comments Box