दमक/ इलामबाट झापा आउने क्रममा पिकअप गाडी अनियन्त्रित भई सडकबाट पाँच समय मिटर तल खस्दा एकै परिवारका दुई दाजुभाईको मृत्यु भएको छ । बाहुनडाँगी बजारमा होटल सञ्चालन गर्दै आएका रमेश थापा र उनका भाइ सूर्यबहादुर थापाको दुर्घटनामा मृत्यु भएको हो ।
प्रहरीका अनुसार इलामबाट झापा आउँदै गरेको पिकअप जिप आज विहान मेची राजमार्गको रोङ–४ पहिरो भन्ने स्थानमा दुर्घटना भएको हो । इलाम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगा थापाका अनुसार उनीहरु सवार प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई आज बिहान सडकदेखि करिव पाँच सय मिटर तल झरेको थियो । स्व. रमेश थापाकी पत्नी रुक्मिनी थापा, दुई छोरा राजेश थापा र राजेन्द्र थापा रहेका छन् ।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइराला गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि झापाको वीएन्डसी अस्पताल भर्ना गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (लोकतन्त्र पोष्टबाट)

Facebook Comments Box