दमक/ झापाको शिवसताक्षी ८ झिलझिलेस्थित पशुपति एकाडेमीले पत्रकार महासंघ झापा शाखासहित सामाजिक सेवामा महत्व राख्ने क्षेत्रमा सहयोग प्रदान गरेको छ । विद्यालयको ३२ औं बार्षिक उत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाको उपचार कोषमा ११ हजार नगद सहयोग प्रदान गरेको हो । पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा मार्फत सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।
यस्तै इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विद्यालयका तर्फबाट झापाको पुरानो ऐतिहासिक धार्मिक स्थल क्षेत्रका जेष्ठ नागरिक ९७ बर्षीय हरि मातालाई नगद, खाद्य सामाग्री र न्यानो कपडाले सम्मान गरिएको विद्यालयका संस्थापक सञ्चालक चन्द्रप्रसाद खनालले बताए । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मैनालीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box