दमक / झापाको मेचीनगर १२ सहरेडाँगीबाट भन्सार छलीका करिब १० लाख रुपैयाँ बराबरका मोटरपार्टस प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार आज दिउसो करिब २.३० बजे प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले ति सामान बरामद गरेको हो । ईलाम सुर्योदय नगरपालिका वडा नं २ का मनोज खड्काले चलाएर ल्याएको बा ४ च ३०९ नम्बरको वेगनर कारलाई रोकेर चेक जाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको कारहरुमा प्रयोग हुने विभिन्न मोटर पार्टसका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ । खडका र ति सामान कारसहित भन्सार कार्यालय दाखिला गरिएको छ ।

Facebook Comments Box