दमक/झापाको दमकबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक २ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रबाट इलाम माङसेबुङका दिपेन्द्र राई र सोही ठाउँका १९ बर्षिय नुवसन मुखियालाई आज बिहान ४ बजे मोटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए । उनीहरुको साथबाट १२ केजी गाँजा र ६ ग्राम २६० मिलिग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ । मे ३ प ५६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरु प्रहरीलाई देखेपछि भाग्ने क्रममा पक्राउ परेका हुन । त्यसैगरी दमक ३ बेलडाँगी शिविरका राजेन तामाङ पक्राउ परेका हुन । प्लाष्टिकको पोकामा ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ बोकेको अवस्थामा २३ बर्षिय तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box