दमक/ सन्थालहरुको सोहराय पर्वमा पालिकाले दियो विदा झापाको गौरीगञ्ज गाउँपालिकाले सोहराय पर्वमा स्थानीय विदा दिएको छ । सन्थाल समुदायमा महत्वपूर्ण मानिएको यो पर्व शुक्रबार परेकाले सो दिन पालिकामा स्थानीय विदा दिइएको जारी सूचनामा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष श्रेष्ठद्धारा हस्ताक्षरित आज ( बुधबार) जारी सूचनामा सो दिन गौरीगञ्ज गाउँपालिका सरहद भित्र गाउँपालिका कार्यालय, सामुदायिक बिद्यालयहरु तथा अन्तर्गतका कार्यालयहरु सार्वजनिक विदा दिने गाउँ कार्यपालिकाको पौष २८ को निर्णय अनुसार स्थानीय विदा दिइएको उल्लेख छ ।