झापा/ नेकपा एमालेको ६३ जिल्लामा भएको अधिवेशनमा १९ जिल्लामा अध्यक्ष सर्वसम्मत छानिएका छन् ।
अरु जिल्लामा सहमतिको प्रयास भइरहेको र सहमति हुन नसकेमा चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने एमालेले जनाएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा र पश्चिम नवलपरासीमा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।
झापामा दीपक कार्कीको अध्यक्ष्यतामा सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन । उपाध्यक्ष्यामा प्रेम गिरी , सचिबमा शिव ढुंगेल , उपसचिवमा चन्द्रा श्रेष्ठ निवाचित भएका छन् ।
पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा वचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै खोटाङमा रामप्रसाद दङ्गाल, सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली, रसुवामा कर्णेल लामा र नवलपरासी सुस्ता पश्चिममा दीपेन्द्र अधिकारी जिल्ला कमिटी अध्यक्षमा चयन हुनुभएको छ । शुक्रवार ६३ जिल्लामा अधिवेशन सुरु भएको र बाँकी जिल्लामा पनि छिटै अधिवेशन गर्ने एमालेले जनाएको छ ।