गौरादह/ प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार गदाल सर्वसम्मत चयन भएका छन् । गौरादह–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा चौतारीको आज सम्पन्न नवौ जिल्ला अधिबेशनको बन्दसत्रले गदालको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । सर्वसम्मत निर्वाचित नयाँ कमिटीको उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलक योञ्नन र कोषाध्यक्षमा सरोज चौलागाई चयन भएका छन् । यसैगरि सदस्यहरुमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरागाई, भुमिराज पराजुली, राजु पोखरेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा लगायत चुनिएका छन् ।

Facebook Comments Box