दमक/नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को आयोजनामा आज शुक्रबार ४५ औ मेलमिलाप तथा एकता दिवसको अवसरमा बिचार गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा सहभागी बक्ताहरुले बीपि कोइरालाले लिनु भएको मेलमिलाप तथा एकताको नीतिलाई काङ्ग्रेसको हरेक तह तप्कामा ब्यवहारिक बनाउन आवश्यक रहेको जोड दिए । काङ्ग्रेस केन्द्रिय सदस्य समेत रहेकी सांसद महेन्द्र कुमार लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ लिम्बुले कांग्रेस महाधिवेशनपछि एक ढिक्का भएको भन्दै नेतृत्वको आलोचना गरेर कांग्रेस अघि बढन नसक्ने भन्दै आफनो गृह जिल्ला झापामा सिंगो कांग्रेस मात्रै रहेको दाबी गरिन । उनले सबै खाले गुट वा समुहको अन्त्य भइसकेको पनि जिकिर गरिन ।
काङ्ग्रेस झापाका पूर्व सभापति पुर्णानन्द शर्माले बीपीले लिनु भएको मेलमिलापको नीति सबै नेता कार्यकर्ताले आत्मसात गर्नुपर्ने बताए । उनले काङ्ग्रेस बोली व्यवहारमा फरक हुन नहुने भन्दै गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको कांग्रेस जे बोल्छ त्यही गर्छको वाणीलाई स्मरण गर्न आग्रह गरे ।
महाधिवेशन सकिए लगत्तै देखि सबै किसिमका मत भिन्नताहरुको अन्त्य गर्न र नेतृत्वलाई स्वीकारेर अघि बढ्न पनि सुझाव दिए । अर्का बक्ता काङ्ग्रेसका १ नम्बर प्रदेश समिति सदस्य हुकुमसिंह राईले औपचारिक कार्यक्रमको महत्व र गरिमाको ख्याल राख्दै जनतामुखी कार्यक्रम गरिनुपर्ने खाँचो औल्याए । उनले नेता कार्यकर्तामुखी र कार्यकर्तामुखी मात्रै हुँदा कांग्रेसले कुनै निर्वाचन जित्न नसक्ने भन्दै अब जनताको दुखसुखको साथीका रुपमा नेपाली कांग्रेसलाई स्थापित गराउन आवश्यक भएको बताए ।
सो अवसरमा प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई , काङ्ग्रेस झापाका उपसभापति शेर बहादुर भट्टराई , महाधिवेशन प्रतिनिधिद्वय डाक्टर खगेन्द्र पाण्डव अधिकारी, मेदनी प्रसाद सिटौला लगायत क्षेत्र नं ५ अन्तर्गतका पालिका सभापतिहरुले शुभकामना मन्तब्य राखेका थिए । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश क्षेत्र कका सभापत िजिवन राईले स्वागत मन्तवय राखेका थिए भने सञ्चालन क्षेत्रीय सचिबद्धय धर्मानन्द भट्टराई र मुकुन्द उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।

 

 

Facebook Comments Box