दमक/  झापाको गौरादहस्थित इलाका प्रहरी कार्यालय परिसरमा स्थानीय एक परिवारले करिब ६ लाख रुपैयाँ लागतमा पाहुना प्रतिक्षालय भवन निर्माण गरिदिएका छन ।  स्थानीय बयोबृद्ध दम्पती कर्णबहादुर कटुवाल र सुस्मा कटुवालले आफना पितृहरुको स्मरणमा निजी खर्चमा निर्माण गरिदिएको सो प्रतिक्षालय भवन बुधबार औपचारिक रुपमा उदघाटन गर्दै नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निर्माणकर्ता तथा दाता परिवारले सो भवन हस्तान्तरण गरेका छन भने इलाका प्रहरी कार्यालय गौरादहले दाता परिवारलाई सम्मान प्रदान गरेको छ । सो अवसरमा प्रहरी प्रमुख भट्टराईले कटुवाल परिवारले नेपाल प्रहरी र सिंगो समाजलाई योगदान पुग्ने गरि गरेको सो पुण्य कामको प्रशंसा गरे ।
इलाका प्रहरी कार्यालय दमकका व्यवस्थापन समिति अध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतमा भएको सो कार्यक्रममा गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल, गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले कटुवाल परिवारले सो क्षेत्रको शैक्षिक, धार्मिक तथा अन्य विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग र योगदानको स्थानीय सरकारले उच्च मुल्याङकन गरेको उल्लेख गरे ।

कार्यक्रममा गौरादह २ का वडाध्यक्ष हेमन्त कार्की, गौरादह उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अमृत कटुवाल र निवर्तमान अध्यक्ष एवं कांग्रेस झापा क्षेत्र नं ५ कका सभापति जिवन राई , नेकपा माओवादी केन्द्रका शेरबहादुर कार्की लगायत स्थानीय राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए । इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले समाजमा कुनै न कुनै किसिमबाट हर नागरिकले सामाजिक तथा परोपकारका क्षेत्रमा योगदान दिने संस्कारको प्रशंसा गरे ।

 

 

 

 

 

Facebook Comments Box