दमक/नेपाली कांग्रेस दमक नगर समितिले दमकमा कांग्रेस परित्याग गरेर १८०० जना एमाले प्रवेश गरेको भन्ने विभिन्न समाचार माध्यमहरुमा समाचार सार्वजनिक भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाइँले सोमबार नेकपा एमालेका एक जना केन्द्रीय सदस्यको हवला दिदैं एक अनलाइन न्यूज पोर्टलबाट त्यस किसिमको भ्रमपूर्ण र कपोलकल्पित समाचार बाहिर ल्याएर आम नागरिकहरुलाई गलत सूचना , समाचार बाहिर ल्याउने काम प्रायोजित भएको टिप्पणी गरेका छन । सो सम्बन्धि समाचारमा कांग्रेससहित अन्य विभिन्न दलको नाम समेत उल्लेख गरेर ७ हजार बढी अन्य पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेका र उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेको विवरण सार्वजनिक भएको थियो । कांग्रेस नगर सभापति प्रसाइँले भनेका छन– यो हाँस्यास्पद तथ्याङक भने पनि हुन्छ, मिथ्याङक भने पनि हुन्छ । हिजोका दिनमा पनि रुखमा भोट नहाल्ने नाम मात्रैका एकाध जना मान्छे गएर एमालेमा प्रवेश गरेका होलान हाम्रा कार्यकर्ता , त्यो पनि १८ सय जनाले एकै पटक पार्टी छोडे भनेर प्रचार गर्नु र गराउनु सरासर भ्रमको खेती गर्नु हो ।

Facebook Comments Box