पथरीले जित्यो दमकको वडाध्यक्ष कपको उपाधी

Author Nishkarsha News
२०७८ पुष ११, आईतवार २०:५७

दमक/दमक ३ मा सम्पन्न वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधी पथरी स्पोर्टिङ क्लबले जितेको छ । प्रतियोगिता अन्तर्गत आज (आइतबार) भएको फाइनल खेलमा आयोजक दमक ३ को खेलकुद बिकास समितिलाई पेनाल्टीमा हराउँदै पथरीले उपाधी जितेको हो ।
त्यसअघिको निक्कै प्रतिस्पर्धात्मक सो खेलमा आयोजकका तर्फबाट २७ औं मिनेटमा सौरभ लिम्बुले एक गोल गरेका थिए भने पथरीका तर्फबाट विशाल पाण्डेले ३५ औं मिनेटमा जवाफी गोल फर्काएर खेललाई बराबरीमा पुरयाएका थिए । बराबरीको अवस्थामा नियमानुसार खेलाइएको पेनाल्टीमा पथरीले उपाधीमाथि कब्जा जमाएको बताइएको छ । उपाधी विजेता पथरीले नगद १ लाख ११ हजार रुपैयाँ र आयोजकले ५५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल हात पारेका छन ।विजेता तथा उपविजेता टिमलाई दमक ३ का वडाध्यक्ष नबिन बराल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव समेत रहेका एमाले नेता इन्द्र भण्डारी लगायतले पुरस्कार तथा ट्रफी र मेडल हस्तान्तरण गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्