इटहरी/ इटहरी उप–महानगरपालिका–४ स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी इटहरी उप–महानगरपालिका–४ कि ६५ बर्षिया देबी खडका रहेकि छिन । बिहान ११ बजे धरान तर्फ जादै गरेको प्रदेश १–०२– ००१ ख ८६५२ नम्वरको ट्रकले पैदल यात्री खडकालाई ठक्कर दिएको थयो । घाईते खडकाको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । दुर्घटना गराउने ट्रक र चालक तेह्रथुम जिरीखिम्ति–६ का पेम्वा शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।