दमक/ अनेरास्ववियु कमल गाँउपालिकाको प्रथम गाँउ अधिवेशनले आदर्श सिग्देलको अध्यक्षतामा २३ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । बिहिबार सम्पन्न संगठनको अधिवेशनले सो कमिटी गठन गरेको हो । सो अधिवेशन अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा झापा ईञ्चार्ज दिपेश दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
अधिवेशनमा अनेरास्ववियुका केन्द्रीय सदस्य कमल पौडेल, नेकपा एमालेका झापा जिल्ला कमिटी सदस्य तथा कमल गाउँ कमिटी सहईञ्चाज भिम राई, गाँउ कमिटी चन्द्रप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका अनोस्ववियु झापाका जिल्ला कमिटी सदस्य तथा कमल गाउँ कमिटी इञ्चार्ज प्रदिप बस्नेतले जानकारी दिए । सो अवसरमा विद्यार्थी नेता बस्नेतले स्वागत मन्त्व्य राखेका थिए ।
