कमल / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन झापाको अध्यक्षमा गाैरीमान फागाे निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा उनको मात्रै एकल उम्मेदवारी परेको थियोे । फागो झापाको कमल ३ केरखास्थित लालिमा अंग्रेजी माविका संस्थापक प्रिन्सिपल हुन । उपाध्यक्षमा छत्र कार्की, सहसचिवमा भवानी पाठक, लक्ष्मी उप्रेती, इश्वरा श्रेष्ठ र काेषाध्यक्षमा उपेन्द्र निराैला निर्विरोध निर्वाचित भएका प्याब्सन केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले जानकारी दिए । अन्य पदमा यहि पुष  ७ गते निर्वाचन हुनेछ ।

Facebook Comments Box