दमक/ नेकपा एमाले कमल गाउँकमिटीले पार्टीको दशौ महाधिवेशनबाट विभिन्न जिम्मेवारीमा निर्वाचित हुनेहरुलाई सम्मान गरेको छ । महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भई दोश्रो केन्द्रिय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य तथा प्रदेश नं.१ को सह इन्चार्जको जिम्मेवारी पाएका हिक्मत कार्की, केन्द्रिय अनुशासन आयोग सदस्य अर्जुन राई र केन्द्रिय सदस्य तथा झापा जिल्ला सह इन्चार्ज मेनुका काफ्ले गाउँकमिटीले सम्मान गरेको हो । काफ्ले एमाले कमल गाउँपालिका अध्यक्ष पनि हुन् ।
गाउँकमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य बेनुप्रसाद शिवाकोटी, बलराम गजुरेल, जिल्ला कमिटी सचिव मदन अधिकारी, जिल्ला कमिटी सचिवालय सदस्य शिव ढुंगेल, जिल्ला कमिटी सदस्य भिमप्रसाद राई लगायतको उपस्थिती रहेको थियो ।
कमिटी व्यवस्थापन
सोहि क्रममा भएको गाउँकमिटी बैठकले पाँच पदाधिकारी र कार्यालय सचिव रहेको ६ सदस्यीय कार्यालय कमिटी गठन गरेको छ । कमिटीमा अध्यक्ष प्रेमबहादुर पोखरेल, उपाध्यक्ष पृथ्वीपती राई, सचिव हरिप्रसाद ढकाल, उपसचिव चन्द्रकला ढकाल तथा बिरेन्द्र अधिकारी र कार्यालय सचिव छविलाल गुरागाईं रहेका छन् ।
यस्तै कार्यालय कमिटीका ६ जना सहितको २१ सदस्यीय सचिवालमा लयप्रसाद चौंलागाई, शारदा पौडेल, बिष्णु निरौला, देवकादेवी थापा न्यौपाने, छत्रहाङ्ग फागो, ममता गुरुङ्ग, भिमप्रकाश चापागाईं, जमुना खतिवडा, साबित्रा बस्नेत, राजेन्द्र मिश्र, यामकुमारी पौडेल,
हरिभक्त चौंलागाईं, तिलरुपा बाँस्तोला, नरेन्द्र भट्टराई र डम्बरबहादुर निरौला रहेको गाउँकमिटी सचिव हरिप्रसाद ढकालले जनाएका छन् ।
बैठकले आगामी पौष १० गते बिर्तामोड स्थित सिटी सेन्टरमा दिउँसो १ बजे पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओली लगायत केन्द्रिय कमिटीमा झापा जिल्लाबाट निर्वाचित हुने सम्पूर्णहरुलाई जिल्ला कमिटीको तर्फबाट सम्मान गर्ने कार्यक्रम सफल बनाउन पार्टीका सवै संयन्त्र परिचालन गर्ने पनि निर्णय गरेको छ ।

Facebook Comments Box