दमक/झापाको गौरादह नगरपालिका अन्तर्गत विभिन्न जनसरोकारका योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न माग गर्दै नगरपालिकाले संघीय सरकारका मन्त्रालयहरुमा योजना पेश गरेको छ । वडा नं ६ मा नदी नियन्त्रण, वडा नं ९ मा प्रहरी चौकीको व्यवस्थापन , इलाका प्रहरी कार्यालय गौरादहका लागि उपलब्ध ७ कठठा जमिनमा सुविधायुक्त भवन निर्माण, ड्रेनसहितको सडक स्तरोन्नती, दामुना बजारमा कृषि थोक बजारको स्तरोन्नती आदीका लागि सम्बन्धित मन्त्रालय तथा विभागहरुमा पुगेर उच्च अधिकारीहरुको ध्यानाकर्षण गराइएको नगर प्रमुख रोहितकुमार साहले जानकारी दिए । शुक्रबार काठमाडौंमा रहेका नगर प्रमुख साहसहित वडाध्यक्ष सिताराम भट्टराई लगायतको प्रतिनिधिमुलक टोलीले सम्बन्धित मन्त्री तथा मन्त्रालयका सचिवहरुसंग कार्यकक्षमा नै भेट गरेर लिखित रुपमा ति योजनाका लागि बजेट माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
