दमक/बैंकिङ कसुर मुद्दामा फरार रहेका धरान उपमहानगरपालिका–३ का २८ बर्षिय केमन खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
सो मुद्दामा बैशाख १६ गते १ बर्ष ६ महिना कैद र रु.९ लाख ७४ हजार ४ सय जरिवाना तोकिएका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका खड्कीलाई आज नै जिल्ला अदालत सुनसरीको आदेश अनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box