दमक/ नेपाली कांग्रेस प्रदेश एकको सभापतिमा उद्धव थापा विजयी भएका छन । संस्थापन समुहबाट उम्मेदवार बनेका थापाले संस्थापन इतर ( पौडेल–कोइराला समुह) का गुरुराज घिमिरेलाई २ मतान्तरले हराएर कांग्रेस प्रदेश एकको पहिलो सभापति बन्ने अवसर पाएका हुन । उनलाई पार्टी सभापति शेर बहादुर देउवा र नेता कृष्ण प्रसाद सिटौला समुहको समर्थन थियो । थापाले ८४४ मत ल्याएका छन भने घिमिरेले दुई मत कम अर्थात ८४२ मत प्राप्त गरेका छन ।
कांग्रेस झापाको दुई कार्यकाल सम्म सभापतिको पद सम्हालेका उनीसंग केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष घिमिरेले कडा प्रतिस्पर्धा गरेका थिए । सोमबार बिहान करिब १.३० बजे सभापति पदको मत परिणाम थाहा भएको हो । त्यसैगरी सहमहामन्त्रीमा उर्लाबारीका मेयर समेत रहेका कांग्रेसका युवा नेता खडग फागो विजयी भएका छन । ( विस्तृत मत परिणाम आउन बाँकी)
