दमक/नेपाली काङ्ग्रेस प्रदेश १ को शनिबार हुने निर्वाचनमा पदाधिकारी तर्फ २० जनाको उम्मेदवारी परेको छ ।
सभापति १ का लागि उद्घव थापा र गुरुराज घिमिरे, उपसभापति दुईका लागि ४ जना, महामन्त्री २ का लागि ४ जना र सह महामन्त्री (महिला तर्फ २ ) का लागि ४ जना र सह महामन्त्री खुल्ला तर्फ २ का लागि ६ जनाको उम्मेदवारी परेको हो । निर्वाचन कार्यक्रम अनुसार आज ( शुक्रबार) ति उम्मेदवारहरुको मनोनयन दर्ता भएको जनाइएको छ ।
उपसभापति २ का लागि गोविन्द ढुंगाना (केदार ), टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालको उम्मेदवारी छ । त्यस्तै महामन्त्री २ का लागि उमेश थापा, दिपेन श्रेष्ठ , पद्मसुन्दर पालुङवा र भुपेन्द्र राईको उम्मेदवारी परेको हो । सहमहामन्त्री महिला २ का लागि अञ्ना ताम्ली, इन्दिरा थापा , प्रमिला गच्छदार र सीता कार्की तथा खुल्ला तर्फबाट २ का लागि खडग बहादुर फागो, मान बहादुर लिम्बु, विनोद कुमार बस्नेत , वीरकाजी राई, रोहित साह र सुभचन्द्र राई गरी ६ जनाले मनोनयन दर्ता गराएका बताइएको छ ।

Facebook Comments Box