दमक/ मलद्धारमा लुकाएर भारतबाट लागूऔषध ब्राउनसुगर ल्याएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका –४ राईसिङस्थित प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले मेचीनगर ४ का ३७ वर्षिय सम्बर बहादुर आलेमगरलाई पक्राउ गरेको हो । मगरले मलद्वारमा च्यापेर ल्याउँदै गरेको १४ ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । शुक्रवार भारतबाट नेपालतर्फ आउदै गरेकोे भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा मलद्वारमा च्यापेर ब्राउनसुगर ल्याएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकले जानकारी दिए ।
