दमक/ अपाङ्गता भएका व्यक्तिहरुको ३०औं अन्तराष्ट्रिय दिवसको अवसरमा शुक्रबार साँझ दमकमा दिप प्रज्वलन गरिएको छ । पुर्वपश्चिम राजमार्ग अन्तरगत दमकको गणतन्त्र चोकमा दिप प्रज्वलन गरेर यो दिवस मनाइएको हो ।
दमक नगरपालिकाकी उपप्रमुख तथा स्थानीय अपाङ्गता समन्वय समिति संयोजक गीता अधिकारीको प्रमुख उपस्थितिमा आयोजित कार्यक्रममा अपाङगता भएकाहरुको संरक्षण र जिविकोपार्जनका बिषयमा समुदाय र सरोकारवाला निकाय गम्भिर हुनुपर्नेमा जोड दिइएको छ । सो अवसरमा अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिका अभिभावक, परिवारका सदस्यहरु सहभागी थिए । सो कार्यक्रम दमक अपाङ्ग सहयोग समिति र पुर्वाञ्चल बहिरा संघ द्वारा संयुक्तरूपमा आयोजना गरिएको समितिका मदन बोहोराले जानकारी दिए ।

Facebook Comments Box