दमक/ भुटानी शरणार्थी शिविर बेलडाँगीबाट अमेरिका पुनर्वास भएका ७ जनाले संयुक्त रुपमा दमक ५ का मिर्गौला पीडित आशिष खनालको उपचारमा नगद ३६ हजार रुपैयाँ प्रदान गरेका छन । नन्द चौहानको अगुवाईमा अमृता गुरुङ, कुमारी तिम्सिना, रानु खडका , सकुन सुब्बा, यान चौहान, गंगा चौहानले संयुक्त रुपमा अमेरिकाबाट सो सहयोग रकम पठाएका हुन ।


दमकका केही बर्षदेखि दुवै मिर्गौलामा आएको समस्याका कारण काठमाडौंमा उपचाररत खनालको मिर्गौला प्रत्यारोपणमा रकम अभाव भएपछि दमकका काजी राउतले फेसबुक मार्फत सञ्चालन गर्दै आएको सहयोग अभियान मार्फत उनीहरुले सो रकम पठाएका राउतले जानकारी दिए । राउतले एक हप्ता अघिदेखि सञ्चालन गरिरहेको सो अभियानका क्रममा हाल सम्म करिब एक लाख रुपैयाँ संकलन भएको छ । उनको मिर्गौला प्रत्यारोपणका लागि चाहिने रकम मध्ये थप १ लाख ५० हजार रुपैयाँ र उनको परिवारको व्यवस्थापनका लागि सहायता आवश्यक रहेको राउतले बताए ।

Facebook Comments Box