दमक/ दमक ६ फाल्गुनन्द चोकस्थित एक होटलबाट होटल सञ्चालकसहित जुवाजन्य तास खेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
परदेशी होटलको कोठा भित्र जुवाजन्य तास खेलिरहेको गोप्य सूचनाको आधारमा आज (सोमबार) साँझ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको टोलीले सञ्चालक पवन लिम्बुसहितको समुहलाई पक्राउ गरी कानुनी कारवाही अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खेल भइरहेको स्थानबाट नगद एक लाख सन्ताउन्न हजार रुपैयाँ र तीन बुङ तास समेत बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा होटल सञ्चालक पाँचथर मिक्लाजुङ गापा ३ घर भई हाल दमक ६ बस्दै आएका ५० बर्षिय पवन लिम्वु , दमक १ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्वु, ३५ बर्षिय रमेश महत्तो, पाँचथर फाल्गुनन्द गापा ८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे ईलाम चुलाचुली गापा १ का ४३ बर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ बर्षिय राज कुमार श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाएका छन ।
