दमक/ दमक ६ घर भई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा कार्यरत एक जना स्वास्थ्यकर्मीले शनिबार कोशी ब्यारेजमा हाम्फालेर आत्महत्या गरेका छन् ।
दिउँसो करिब पौने १२ बजे अहेब ४५ बर्षीय सुभाष नेपालले ब्यारेजको ५२ नम्बर ढोकाबाट कोशीमा हाम्फालेका हुन् । सप्तरी प्रहरीका अनुसार उनले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ तर्फको ब्यारेजको ५२ नम्बरको ढोकाबाट हाम्फालेका थिए । कोशीमा हाम्फालेर वेपत्ता भएका नेपाललाई प्रहरीले खोजी गर्ने क्रममा दिउँसो अढाई बजे मृत अवस्थामा फेला पारेको सप्तरी प्रहरीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । कतिपयले उनी टिक टक बनाउने क्रममा सो ब्यारेजबाट लडेका भनि फेसबुकमा उल्लेख गरेका भएपनि प्रहरीले भने उनले आत्महत्याको उद्धेश्य राखेर हाम्फालेको दाबी गरेको छ । प्रहरीले त्यसबारे थप अनुसन्धान शुरु गरेको जनाएको छ ।