दमक/भद्रपुर ७ बोक्तोवारीबाट लागूऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ ग्राम ६१० मिलिग्राम लिसाइलो पदार्थ, नाईट्रोजन ट्याबलेट डिजिटल तराजु र दुई वटा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरि कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भद्रपुर ७ टेलीभित्ताका १९ बर्षिय नारायण राजबंशी, बोक्तोबारीका २२ बर्षिय प्रकाश राजबंशी, संगमटोलका २० बर्षिय राहुल ठाकुर, सोनु राजबंशी, बिर्तामोड ८ सैनिकटोलका १८ बर्षिय सुदिप श्रेष्ठ , कसेनिटोलका ३१ बर्षिय प्रताप योन्जन र अर्जुनधारा १ का २८ बर्षिय राज श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार अपरान्ह पक्राउ परेका उनीहरुलाई म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
