दमक/नेपाली काँग्रेस झापाको जिल्ला सदस्य पदमा कमलका दुई जनासहित कूल २० जना सदस्य निर्विरोध निर्वाचित भएका छन ।
निर्विरोध निर्वाचित हुनेहरुमा कमल गाउँपालिकाकी सरस्वती सेढाइँ र पूर्णमान श्रेष्ठ, मेचीनगरकी मन्जु भण्डारी बराल , भद्रपुरका बोधकृष्ण सुवेदी , रमेशप्रसाद पोखरेल , कनकाईकी रिता कुमारी रिजाल ,बुद्धशान्तिकी गीता खतिवडा ढुंगाना , बुद्धशान्तिका लीला ढकाल , झापाकी अनिताकुमारी सुवेदी र दुर्गाप्रसाद सिटौला , कचनकवलकी कृष्णमाया खड्का र रुद्रमणि दाहाल , हल्दिबारीका कुमारी थापा शिवाकोटी र दिलिपकुमार लिम्बू , भक्त खवास , याम भुजेल , ललितबहादुर तामाङ , शेरबहादुर श्रेष्ठ , सूर्य गुरुङ र पम्फादेवी विक रहेका छन् ।
आज बिहिबार विर्तामोडमा भएको मनोनयन दर्ताका क्रममा उनीहरु निर्विरोध निर्वाचित भएका जनाइएको छ । निर्विरोध हुन नसकेको पदाधिकारीसहित सदस्यहरुको निर्वाचन शुक्रबार बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसमा हुने जनाइएको छ । निर्वाचनमा झापाका सबै पालिकाबाट निर्वाचित कूल ३ हजार ३ सया ३५ जनाले भाग लिनेछन । यस अधिवेशनमा जिल्ला सभापतिका लागि देउकुमार थेवे र राम बहादुर कट्टेलको समुहका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन । कांग्रेसका प्रभावशाली मानिने नेता पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको गृह जिल्ला झापामा यि दुई नेताका समर्थकहरुले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन ।