दमक/झापाको कमल ५ का शेर बहादुर श्रेष्ठ कांग्रेस झापाको जिल्ला सदस्यमा उम्मेदवारी दिएका छन । कांग्रेसका क्षेत्रीय सदस्य भएर कामको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकाबाट जिल्ला सदस्य पदमा उम्मेदवारी दिएका हुन ।
आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने अधिवेशनमा सामाजिक तथा व्यवसायीक क्षेत्रका अगुवा समेत रहेका श्रेष्ठले उम्मेदवारी दिँदै आफनो राजनीतिक यात्रालाई जिल्ला तर्फ मोडनु पर्ने समय भएको बुझेर नै जिल्ला सदस्यमा उम्मेदवारी दिएको बताए ।

संघीय निर्वाचन क्षेत्रीय समिति सदस्य समेत भएर एक कार्यकाल बिताइसकेका श्रेष्ठले शुभेच्छुकहरुको सल्लाह र सुझाव अनुसारनै सो पदमा उम्मेदवारी दिने निधो गरेको बताए । पार्टी संगठन निर्माणलाई गति दिन आफू थप जिम्मेवारी लिन तयार रहेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् । उनले भने, –‘काम गर्नका लागि मैले उम्मेदवारी दिने निधो गरेको छु ,यहाँहरुको अवश्य सहयोग प्राप्त हुने छ । ’ निर्माण व्यवसायी समेत रहेका श्रेष्ठ स्थानीय चन्द्र दर्शन बचत तथा ऋण सहकारीका संस्थाक अध्यक्ष पनि हुन ।