शिवसताक्षी / यही मंसिर ११ गते देखि संचालन हुने पहिलो संस्करणको एनी फाक्तेप गोल्डकपको खेल तालिका सार्बजनिक गरिएको छ । आयोजक फाक्तेप फुटबल क्लबले बुधबार एक कार्यक्रमका बिच खेल तालिका सार्बजनीक गरेको हो ।
फुटबल खेलको उर्बरभुमि रहेको फाक्तेपमा पहिलो पटक हुन लागेको फाक्तेप गोल्ड कपमा झापा जिल्लाको ४ टिम र जिल्ला बाहिररका ४ टिम गरि जम्मा ८ टिमको सहभागिता रहेको खेल तालीकामा उल्लेख गरिएको छ । जस अनुसार झापाको जलथल फुटबल क्लब ह्लदिबारी, तुर्केनी फुटबल क्लब काकाडभिटा ,रोयल स्पोटिङ क्लब दमक र आयोजक फाक्तेप फुटबल क्लब रहेका छन ।

त्यसैगरि जिल्ला बाहिरका पथरी फुटबल क्लब मोरङ , दुधा्ैली स्पोटिङ क्लब सिन्धुली , माइभ्याली फुटबल क्लब इलाम र धारान सिटी फटबल क्लब सुनसरीको सहभागिता रहनेछ । गोल्डकपको उद्धघाटन खेल पथरी फुटबल क्लब मोरङ र दुधौली स्पोटिङ क्लब सिन्धुली बिच हुनेछ गोलडकपको बिजेता र उपबिजेताले क्रमश नगद १लाख १हजार र ५१ हजार नगद सहित मेडल टफी र प्रमाणपत्र प्रदान गरिने आयोजक फाक्तेप फुटबल क्लबका अध्यक्ष बमप्रसाद चेमजोङ बताएका छन । खेल सब्य र भब्य रुपमा सम्पन्न गर्नको लागी प्रचार प्रसार संगै आर्थिक संकलन लाई तिब्ता दिइएको जनाइएको छ । खेल मैदान मर्मतको काम सम्पन्न भइसकेको छ भने हाल स्टेज र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ । मंसिर १८ गते समापन हुने गोल्डकपको प्रत्यक्ष मनेरञ्जन लिनको लागी दर्शकलाइ निशुल्क प्रबेश गराइने जनाइएको छ ।