विर्तामोड/ बिर्तामोड नपा–६ बुट्टाबारी स्थित पुर्व पश्चिम लोकमार्गमा नम्बर नखुलेको कारको ठक्करबाट पैदल ३० बर्षिय एक युवकको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार इलाम देउमाई ६ का ३० बर्षिय आकाश लिम्बुको मृत्यु भएको हो । हिजो (बुधबार) भएको सो दुर्घटनाका घाईते लिम्बुको बि एण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती मृत्यु भएको जनाइएको छ ।