सोमनाथ घिमिरे नेपाल किसान संघ दमक नगर समितिका सभापति हुन । दमक १८ का पुराना बासिन्दा उनी हाल कृषि व्यवसायसंगै राजनीतिक भविष्य खोज्दै छन । हाल उनी दमक ७ बाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चुनिएका छन ।

व्यवसायसंगै वित्तिय तथा सामाजिक क्षेत्रमा पनि आफूलाई अघि बढाइरहेका घिमिरेले आफूलाई नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रदेश क्षेत्र खको सहसचिवको उम्मेदवारका रुपमा उभ्याएका छन ।
कांग्रेस दमक १८ को वडा सचिव भएर जिम्मेवारी निर्वाह गरिसकेका घिमिरे सरल र मिजासिलो स्वभाव भएका तर कांग्रेसका सशक्त कार्यकर्ता हुन । दुग्ध डेरी व्यवसाय सञ्चालन गर्दै आएका उनले व्यवसायीहरुको संगठन नेपाल डेरी एशोसिएशन झापाको नेतृत्व समेत सम्हालिरहेका छन । राजनीतिमा हरेक तह तप्काका नागरिकहरुले चासो नराखे राजनीतिले गलत बाटो समात्ने र त्यसका कारण सबैलाई नोक्सानी भएकाले आफूले राजनीतिमा चासो राख्दै आफनो क्षमता र सक्रियताका आधारमा नयाँ संरचनाका रुपमा रहेको प्रदेश सभा निर्वाचन क्षेत्रको सहसचिवमा उम्मेदवारी दिएको घिमिरेको भनाई छ । उनले आफू दमकका किसान वर्गको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएका कारण सबैले साथ सहयोग गर्नेमा विश्वस्त रहेको बताए ।
