झापा/ विर्तामोडमा जारी जिल्ला लिग फूटबल प्रतियोगितामा दमकको गोर्खा स्पोर्टिङ्ग क्लबले विजयी शुरुवात गरेको छ। उसले मंगलबार सम्पन्न खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टरलाई एक शुन्य गोल अन्तरले पराजित गरेको हो ।

निक्कै नै प्रतिस्पर्धात्मक खेलमा विजयी टिमका लागि जर्सी नम्बर ९ का पारस कार्कीले गोल गरे  म्यान अफ दि म्याच घोषित कार्कीले सुमन लिम्बुको रिबाउण्डमा दर्शनीय गोल गरेका थिए । जितसँगै गोर्खाले महत्वपूर्ण २ अंक जोडेको छ। गोर्खाले अब दोश्रो खेलमा दमककै ध्रुवतारा स्पोर्टिङ्ग क्लबसँग भोलि प्रतिस्पर्धा गर्ने छ । शुभदिनबाट

Facebook Comments Box