दमक/झापा दमक ४ की हेमकला न्यौपाने नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश क्षेत्र अधिवेशन प्रतिनिधिकी उम्मेदवार हुन । महिला कोटामा रवि केसीको नेतृत्वमा रहेको प्यानलबाट प्रदेश अधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेकी उनी नेपाल महिला संघको दमक नगर सचिव पनि हुन ।


महिला संघमा आफूलाई सक्रिय नेतृका रुपमा उभ्याएर पार्टी संगठनका काममा लागिपरेकी न्यौपाने विभिन्न सामाजिक क्षेत्रमा पनि क्रियाशील छिन । स्थानीयस्तरमा सञ्चालित मिलिजुलि महिला जागरण संघ झापाको अध्यक्ष ,नारी एकता न्यायिक मन्चको सहसचिव , दमक ४ मा मेलमिलाप केन्द्र सदस्यको समेत जिम्मेवारी सम्हाल्दै आएकी छिन । पेशाका रुपमा सञ्चार क्षेत्रमा समेत अनुभव बटुलेकी न्यौपानेले आईएमई लाइफ ईन्स्युरेन्सको एजेन्सी मेनेजरका रुपमा रहेर आफनो व्यवसायिक तथा पेशागत यात्रालाई अघि बढाइरहेकी छिन । दमक , लखनपुर लगायत झापाको माइपश्चिम क्षेत्रको भुगोलमा हर समय आफूलाई पार्टी, संगठनका अतिरिक्त सामाजिक कामहरुमा पहिचान छोडेकी उनले आफनो अनुभव र अहिले सम्म गरेको योगदानको मुल्याङकन हुनेमा विश्वस्त रहेको बताइन । यहि ३ मसिंरमा हुने झापा क्षेत्र नं ५ (ख) को प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशनमा सबैबाट सकारात्मक साथ, सहयोगको अपेक्षा गरेको उनले बताइन । हुन त पार्टीको पदीय जिम्मेवारीमा नहुँदा पनि मेरो सक्रियता उस्तै रहन्छ तर पनि जिम्मेवारीसहितको सक्रियताले पार्टीमा पनि योगदान पुरयाउने मेरो लक्ष्य हो – न्यौपानेले भनिन ।

 

Facebook Comments Box