धर्मानन्द भट्टराई नेपाली कांग्रेस झापा क्षेत्र नं ५ का सचिव तथा आसन्न १४ औं अधिवेशनमा सो पदका प्रत्यासी पनि हुन ।
गौरादहबाट पार्टीको १० औं अधिवेशनमा वडादेखि विभिन्न तहमा पदीय जिम्मेवारी सम्हाल्दै निरन्तर राजनीतिक यात्रामा रहेका भट्टराई हाल कमल ६ का स्थायीबासिन्दा हुन । उनी नेपाली कांग्रेसको वडा तथा गाउँ नेतृत्वपछि करिब ३ बर्षयता पार्टीको क्षेत्रीय नेतृत्वमा छन । पार्टीमा आफूलाई खारिएको अनुभवसहित अघि बढेको दृष्टान्त पेश गर्दै उनले भनेका छन–मैंले निरन्तर पार्टी संगठनमा बटुलेको अनुभवले कांग्रेसमा उर्जा भर्नका लागि पनि मेरो उम्मेदवारी हो ।


स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई सन्तोषजनक परिणाम दिलाउन भुमिका निर्वाह गरेको ठहर गर्दै पार्टीले उनलाई क्षेत्रीय सचिवमा मनोनित गरेको हो । कांग्रेसको तत्कालिन झापा क्षेत्र नं ७ को सदस्य रहेका भट्टराई गएको स्थानीय निर्वाचनमा कमलमा चुनाव प्रचार प्रसार समितिको सचिव थिए । पार्टीमा तत्कालिन क्षेत्र नं ७ र ६ को समायोजनपछि बनेको क्षेत्र नं ५ को सचिवका रुपमा क्रियाशील रहेका उनी पार्टीमा निरन्तरता र सक्रियता आजको आवश्यकता भन्ने मुल नारा लिएर १४ औं अधिवेशनमा सचिव पदको उम्मेदवार बनेका छन । राजनीतिसंगै पेशाका रुपमा वित्तिय क्षेत्रमा कार्यरत उनी राजनीति गर्ने जो कोहीले आफनो व्यक्तिगत र पारिवारिक दायित्व पूरा गर्न कुनै न कुनै पेशा अंगाल्नुपर्ने बताउँछन ।
पार्टीमा पछिल्लो समय भइरहेको गुटगत प्रवृत्ति अधिवेशन सम्म मात्रै हुनुलाई स्वभाविक रुपमा लिनु पर्ने तर नेतृत्वमा आइसकेपछि जो सुकैले पनि सबै कार्यकर्तालाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्छन भट्टराई ।
कांग्रेस भित्र गुट उपगुटको समस्या पुरानै हो त्यसलाई आवश्यक मात्रामा आवश्यक समय सम्म मात्रै राख्नु पर्छ निर्वाचनपछि कांग्रेस एक ढिक्का हुनुपर्छ– भट्टराई भन्छन । कांग्रेसमा अधिवेशन ताका मात्रै सक्रिय हुने र बाँकी समय पलायन हुने प्रवृत्तिले पार्टी संगठन बलियो नहुने भट्टराईको बुझाई छ ।
समयको व्यवस्थापन गरेर सबै क्षेत्रमा रहने सबैले पार्टी संगठनलाई जनतासंग जोडने कार्यक्रमहरुमा सक्रियता देखाउनु पर्ने उनको सुझाव छ । कसैले पनि पदका लागि मात्र राजनीति होइन संगठन र पार्टीका लागि राजनीति गर्नुपर्ने धारणा राख्दै आएका उनी पद प्राप्तीको स्वार्थ राखेर पार्टीमा गुट सिर्जना गर्न खोज्दाको परिणाम स्थायी नहुने पनि बताउँछन । पार्टीमा इतिहासको मुल्याङकन र नव आगन्तुकको व्यवस्थापन दुवै हुनुपर्छ नभए पार्टी कमजोर हुन्छ– भट्टराई भन्छन । आफनो कार्यकालमा पार्टीले कसैलाई पनि विभेद नगरेको, योगदान र सक्रियताका आधारमा सबैलाई उचित स्थान दिएर अघि बढेको र भौगोलिक रुपमा परेको अन्यायलाई भने आत्मसाथ गरेर अघि बढने भट्टराईको धारणा छ । आफूले निरन्तर पार्टी संगठनमा रहेर गरेको योगदानको पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले अन्तर ह्दयदेखिनै गर्नेमा आफू विश्वस्त रहेको उनले बताएका छन ।

Facebook Comments Box