दमक/झापाको दमक ५ बाट जवरजस्तीकरणी उद्योगका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ६ बर्ष अघि चार बर्षको कैद सजाय सुनाइएका दमक ५ का कुमार भनिने लालबहादुर माझीलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो । उनलाई आज ( सोमबार) झापा जिल्ला अदालतमा पेश हुँदा चार बर्षका लागि जिल्ला कारागार चलानको आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box