दमक/ नेपाली कांग्रेस दमक ४ को नवनिर्वाचित वडा समितिलाई पद हस्तान्तरण, देउसी भैलो समापन र नवप्रवेशीहरुलाई स्वागत कार्यक्रम गरिएको छ । पार्टीको १४ औं अधिवेशनबाट निर्वाचित वडा समितिलाई निवर्तमान समितिले पद हस्तान्तरण सहित तिहार तथा छठ पर्वको अवअसर पारेर शुभकमाना आदन प्रदान तथा देउसी भैलो समापन गरेको हो ।नि वर्तमान वडा सभापति पुण्य दाहालको अध्यक्षतामा भएको पद हस्तान्तरणको दोश्रो चरण नव निर्वाचित वडा सभापति राजेन्द्र सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा निवर्तमान वडा सभापति दाहालले सिटौलालाई माईन्युट खाता सहित पद हस्तान्तरण गरेका थिए ।
नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेस गर्ने ४७ जनालाई स्वागत गरिएको थियो । सो कार्यक्रममा नेकपा एमालेबाट ३० जना, माओवादी केन्द्रबाट ५ जना र १२ जना स्वतन्त्र व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका वडा सभापति सिटौलाले जानकारी दिए ।

झापा क्षेत्र नम्बर ५ का कांग्रेस नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई पार्टीको आसन्न १४ औं महाधिवेशनमा बिभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरुले मत माग्ने प्रयोजनमा समेत उपयोग गरेका थिए ।

Facebook Comments Box