भोजपुर/ जिल्ला प्रहरी कार्यालय भोजपुर मातहतमा रहेको प्रहरी चौकी प्याउलीको नवनिर्मित कार्यालय भवनको उदघाटन गरिएको छ । चौकीको हाता भित्र आज बुधबार बिहान आयोजित कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उदघाटन गरेका छन ।

नवनिर्मित २ तले ८ कोठा भएको प्रहरी चौकी भवन १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक बि.सी.ले गास बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्न थप हौसला मिल्ने बताए । उनले जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

 

Facebook Comments Box