दमक/ मोरङमा आज (बुधबार) यात्रुबहाक बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मोरङको धनपालथान गाउँपालिका ३ मोरीयापुलमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल पछाडी सवार रंगेली नगरपालिका ३ की २८ बर्षीय रेखा पासवान रहेकी छन् । आज दिउँसो साढे २ बजे रंगेली–बिराटनगर सडक खण्डमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्र १–०४–००१ख ००२२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार रेखा पासवान र उनका पति ३१ बर्षीय उमेश पासवान घाईते भएका थिए । उपचारका क्रममा रेखाको केही बेर अघि मृत्यु भएको प्रहरीले जनाउको छ ।

 

Facebook Comments Box