दमक/ एकीकृत अखिल नेपाल शिक्षक संगठन कमल गाउँपालिका कमिटीको दोश्रो अधिवेशनले संगठनको नयाँ कमिटी गठन गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले टी.एन. भट्टराई ( वाणी मा.वि)को अध्यक्षतामा बाबुराम कोईराला (बाँसबारी मा.वि) उपाध्यक्ष, ओमप्रकाश गौतम (मंगलमय मा.वि.) सचिव , सियाकुमारी चौधरी ( मंगलमय मावि) सहसचिव र विनादेवी शर्मा ( सरस्वति मावि) कोषाध्यक्ष रहेको गाउँ कमिटी चयन गरेको हो । सदस्यहरुमा पुरानन्द राई ( वाणी मा.बि.), शरण ब. राई (अरनिको आ.बि ) दिपक भट्टराई ( बाणी मा.बि. ) र जनार्दन शर्मा(सहिद धर्मभक्त मा.वि.) चयन भएका छन ।