दमक/ धनकुटाको पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् । हिजो दिउँसो ११ बजे भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडिरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरेर गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । बस र बस चालक भोजपुर अरुण गाउँपालिका ७ का ३५ बर्षीय दुर्गा बहादुर श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय पाख्रीबासले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ईटहरी उपमहानगरपालिका १६ लायन्स चौकस्थित पुर्व–पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाउँपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । गए राती सवा ११ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागि न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो ।

Facebook Comments Box