दमक/दमकका सुनचाँदी व्यवसायीहरुको साझा संस्था सुनचाँदी व्यवसायी संघले नयाँ नेतृत्व पाएको छ । संघको अध्यक्षमा यहाँका स्थापित पुराना व्यवसायी काशी खाती निर्वाचित भएका छन । संघको छैठौं चुनावी साधारण सभाले उपाध्यक्षमा पुष्पलाल शंकर, सचिवमा चन्द्र गजमेर,सह–सचिवमा उमेश गजमेर र कोषाध्यक्षमा हेमसागर अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

त्यसैगरी सदस्यहरुमा जित बहादुर .विश्वकर्मा, बिवेक लामगादे, रोहित बहादुर विश्वकर्मा, सुस्मा निरौला ,रुपक सापकोटा, विश्वनाथ नेपाल, अजित कुमार शंकर र नन्दवीर ल्वागुन निर्वाचित भएका छन । संघका नवनिर्वाचित अध्यक्ष खातीले व्यवसायमा देखिएका समस्याहरुको निराकरणका लागि आफूले सुझबुझसहित अघि बढने प्रतिबद्धता जनाएका छन ।