दमक/झापाको दमक १ बाट गए राती ( मंगलबार) नगद सवा ४ लाख रुपैयाँ र १६ थान कौडा सहित १७ जना जुवाडे पक्राउ परेका छन ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की नेतृत्वको टोलीले राती साढे ११ बजे उनीहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले समेत सो बारे पुष्टि गरेको छ । पक्राउ परेका मानिसहरु र उनीहरुको संलग्नताको बिषयमा विस्तृत अनुसन्धान भइरहेकोले आवश्यक अनुसन्धान पश्चात मात्रै पक्राउ परेकाहरुको विवरण उपलब्ध हुने जनाएको छ । प्रहरी स्रोतका अनुसार मध्यरातमा स्थानीय हिमाल देवानको घर पछाडी रहेको एउटा टिनको छानो भएको घरबाट उनीहरु समातिएका हुन ।दमक र दमकबाहिरका समेत जुवाडेहरु सो खेलमा सहभागी भएका र कतिपय खेलाडीहरु पटक पटक कारवाही भोगेका व्यक्तिहरु भएका बताइएको छ ।

Facebook Comments Box