इटहरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलमा जंगली हात्तीको आक्रमणमा परेर एक जना महिलाको मृत्यु भएको छ । ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो । स्थानीय रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आएर उनलाई आक्रमण गरेको थियो । घाईते खत्वेलाई स्थानियले घर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Facebook Comments Box