दमक/मोरङ मिक्लाजुङ गाउपालिका ५ का ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । हिजो पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box