दमक/ झापा दमकका पुराना शिक्षक तथा नेपाली कांग्रेस दमक नगर उपसभापति राजकुमार गौतमले कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने अधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीको घोषणा गरेका छन ।

लामो समय सम्म शिक्षण पेशा र सामाजिक कामहरुमा संलग्न हुँदै आएका गौतमले पार्टीको नगर समितिमा बसेर काम गरिसकेको अनुभवका आधारमा निर्वाचन क्षेत्र नं ५ अन्तर्गत प्रदेश (ख) ( दमक, लखनपुर) खण्डबाट उम्मेदवारी दिने भएका हुन ।
गौतमले भने– मैंले नगरमा रहँदा पार्टीले दिएको जिम्मेवारी कूशलतापूर्वक पूरा गरेको छु पार्टीका सबै साथीहरुले त्यो मुल्याङकन गर्नुहुनेछ भन्नेमा विश्वस्त छु । नेपाल शिक्षक संघमा २०४८ सनलदेखि आवद्ध भई यसअघि दमकको दुम्सेस्थित चुलाचुली आधारभुत बिद्यालयबाट शिक्षण सेवा शुरु गरेका गौतमले दिपिनी आबिबाट अवकाश लिएका हुन । यस अघि शिक्षक संघको नगर सहसचिव र क्षेत्रीय कोषाध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका उनको उम्मेदवारीले कार्यकर्ताहरु माझ चर्चा पाएको छ । गौतम धनेश्वर बचत तथा ऋण सहकारी संस्था, रुपान्तरण उपभोक्ता सहकारी संस्थाको सञ्चालक तथा ट्राफिक व्यवस्थापन समिति, ज्येष्ठ नागरिक प्रतिष्ठान, रेडक्रस लगायतका संस्थामा समेत आवद्ध छन ।