दमक/ बिर्तामोड–३ बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ पथरी–२ का ३४ बर्षीय भिमराज राई र पथरी–१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन ।

हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका राईमाथि थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले दुबै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box