झापाको कमल गाउँपालिकामा कांग्रेसको ज्ञापन

Author Nishkarsha News
२०७६ असार ८, आईतवार १८:२५

दमक/झापाको कमल गाउँपालिकामा आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि बजेट तथा नीति कार्यक्रममा समावेश गर्नुपर्ने बिषयहरुबारे नेपाली कांग्रेस कमल गाउँ समितिले ज्ञापन पत्र मार्फत गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस कमल गाउँ समितिले चालू आर्थिक बर्ष तथा अघिल्लो आर्थिक बर्षमा समेत दिईएका कतिपय सुझावहरुलाई गाउँपालिकाले पूर्ण रुपमा कार्यान्वयन नगरेको गुनासो गर्दै असल प्रतिपक्षीको हैसियतले कमल गाउँपालिकाको समग्र विकास र समृद्धिमा नेपाली कांग्रेस रचनात्मक भुमिका निर्वाह गर्न सदैव तयार रहेको पनि जनाएको छ ।

कांग्रेसले आज गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई कार्यालयमै गएर बुझाएको ज्ञापन पत्रमा कृषि, सिचाइँ, शिक्षा, नदी नियन्त्रण, विपन्नहरुको आवास, सडक यातायात र महिला विकासका सवालमा विभिन्न सुझावहरु समेटिएको छ ।

ज्ञापन पत्र बुझाउनका लागि कांग्रेसका तर्फबाट गाउँ सभापति खगेन्द्र भण्डारीसहित प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेद्वार राजन बहादुर ढुंगाना, कांग्रेस क्षेत्रीय सचिव धर्मानन्द भट्टराई, कांग्रेस सम्बद्ध आदिवासी जनजाती संघ झापा क्षेत्र नं ५ का सभापति गौरीमान फागो, कमल ५ का वडाध्यक्षका प्रत्यासी उम्मेद्वार बालकृष्ण गौतम, ६ का वडाध्यक्षका प्रत्यासी उम्मेद्वार प्रमोद दाहाल लगायत करीब एक दर्जन कांग्रेस नेता , कार्यकर्ताहरुको टोली गाउँपालिका कार्यालय पुगेको थियो ।

भण्डारीले ज्ञापन पत्र बुझाउँदै सजेट तथा नीति कार्यक्रम तय गर्दा कांग्रेस सहित अन्य राजनीतिक दलहरुलाई समेत सहभागी गराउन ध्यानाकर्षण गराए ।
ढुंगानाले पनि स्थानीय सरकारका काम कारवाहीलाई प्रभावकारी र सशक्त बनाउन कांग्रेसले रचनात्मक भुमिका निर्वाह गर्दै आएको बताए ।
ज्ञापन पत्र बुझ्दै अध्यक्ष काफ्लेले कमल गाउँ र गाउँबासीको हित, उन्नती र समृद्धिका लागि गाउँपालिकाले सबै सरोकारवालाहरुसंग परामर्श र राय सुझाव लिएर बस्ती भेला मार्फत नै बजेट तथा कार्यक्रमहरु तय गर्ने प्रतिबद्धता जनाइन् ।
गाउँपालिका उपाध्यक्ष वेनु शिवाकोटोली पनि गाउँपालिकाका तर्फबाट हाल सम्म भए गरेका कामहरुको सक्षिंप्त जानकारी गराउँदै कृषि र पशु सेवाका क्षेत्रमा यस अघि विनियोजन गरिएको बजेट वितरणमुखी भएको स्वीकार गरे ।

उनले अब त्यस्ता किसिमका कार्यक्रमहरुको सट्टा गाउँपालिकामा व्यवसाय प्रवद्र्धन कोष खडा गरेर उद्यम गर्न चाहने व्यवसायी तथा किसानहरुलाई विना व्याज त्यस्तो कोषबाट रकम प्रदान गर्ने नयाँ नीति कार्यक्रममा समावेश गर्न लागिएको जानकारी गराए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्