झापामा दुखद खबर – मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, दुई घाईते

Author Nishkarsha News
२०७८ भाद्र २२, मंगलवार ०७:३९

दमक/ झापाको कचनकवल ६ स्थित भित्रि पक्की सडक खण्डमा सोमबार राती ८ बजे दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको मे१०प ५२८९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको मे८प २१३७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा सोही ठाउँका ३७ बर्षिय सोम दाहालको मृत्यु भएको हो । अर्का मोटरसाइकल चालक करण राजवंशी र पछाडी सवार १८ बर्षिया जयामति राजवंशी गम्भिर घाईते भएका छन । उनीहरुको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्