रसुवा/ रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षकी कमला तामाङ र उहाँकी ८ वर्षकी छोरी सुकुमायाको शव भेटिएको छ । बिहान कमलाको शव भेटिएको थियो । पहिरो पन्छाउने क्रममा केहीबेर अघि छोरी सुकुमायाको पनि शव भेटिएको प्रहरीले जनाएको हो । गएराति घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको थियो । पहिरोमा ११ वर्षकी छोरी सोकिता र सात वर्षका छोरा आशिष बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएका कमलाका श्रीमान बुद्धि तामाङलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
आमा छोरीको शव भेटियो, दिदी भाई अझै वेपत्ता
Nishkarsha News
२०७८ भाद्र ३, बिहीबार १३:४४