ईलाम/ ईलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ बर्षीय यम बहादुर सावाले सोही ठाउका एक व्यक्तिलाई खुकुरी हानेर हत्या गरेका छन । उनले स्थानीय ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका हुन् ।
उनले आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका प्रहरी चौकी गोलाखर्कलाई उद्धृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ईलामको टोलीले हत्यामा संलग्न सावालाई खुकुरीसहित पक्राउ गरेको हो । हत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन् । घटना सम्बन्धना थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।